सुदूर नेपाललाई विश्वसँग जोड्दै

भिन्नताबिच राष्ट्रिय एकताको खोजी

२०७६ चैत्र २७, ०३:३३

ललित ओझा

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड– १९) को संक्रमणले सिंगो मानव जगत भयावह स्थितिको सामना गर्दै छ। विश्वभर वर्तमान समयमा कोरोनाबाट संक्रमण नभएको देश अहिले निकै कम छन्। यो एक भवितव्य घटना हो र यो अन्यन्त्रित हुनेहुँदा यसको परिणाम जान्न सकिँदैन। हालसम्म १५ लाख भन्दा मानिसमा यसको संक्रमण छ भने ८८ हजारभन्दा मानिसको कोरोनाबाट मृत्यु भइसकेको छ।

हाम्रो देशपनि कोरोनाको उच्च जोखिम रहेको छ। हामीले कोरोनाको विरुद्ध एकमन भएर लड्नुपर्छ र यो अहिले देशका लागि आवश्यक छ। कोरोना विरुद्ध समग्र विश्वको तयारी नपुगेको बेला हामी त झन् सिमित श्रोत साधनबाट जीवन गुजारीरहेका छौं। यतिबेला देश संकटमा छ। हाम्रो समाजले, हाम्रो देशले एकमत खोजिरहेका बेला हामी विमत हुँदै छौ व्यक्ति विचारले कहिले स्वतन्त्र हुँदैन, ऊ कुनै विचारसंग, कुनै सिद्धान्तसँग वा व्यक्ति विशेषसंग गाँसिएको हुन्छ। अथवा विभाजित भएको हुन्छ। 

मानिसको जिवनचक्रमा यसलाई स्वभाविक रुपमा लिनुपर्छ। वर्तमान समयमा टोल, गाँउ, क्षेत्र, जिल्ला र प्रदेशहुँदै राष्ट्रसम्मका नेतृत्वकर्ता आफ्नो व्यक्तिविशेष पक्ष र विपक्षगरी दौडिरहेका छन्। हामी कसका लागि? केका लागि यो गर्दैछौ? यसको एउटै उत्तर आउँछ समाजका लागि, राष्ट्रका लागि भनेर ! 

जस्तै मानौंकी एउटा हाम्रो परिवार छ र यो परिवारमा केही संकट आइपर्दैछ भन्ने विषयमा  परिवारका सदस्यजति चिन्तित हुन्छन् त्यति परिवारको अभिभावक चिन्तित हुन्छन्। कसरी अगाडि बढ्ने भनेर कार्ययोजना बनाउन तयार हुन्छन्। 

त्यो कार्ययोजना अनुसार परिवारका सदस्यको सहयोग भएन भने परिवारमा संकट आउँछ र परिवार विपत्तिमा पर्छ। एउटा अभिभावक केही हदसम्म सफल होलान् तर पूर्णरुपमा सफल हुँदैन। ठिक त्यसैगरी हाम्रो अभिभावक सरकार हो र हामी सदस्य हौ। यसमा हामीले पूर्णरूपमा सहयोग गर्नुपर्छ। सरकार, तेरो र मेरो भन्ने हुँदैन सरकार हामी सबैको हो र हामी सबै मिली हाम्रो समाज, हाम्रो राष्ट्रलाई बचाउनकालागि सरकारलाई सहयोग गर्नुपर्छ भन्ने संकल्प लिनुपर्दछ।

हामी जुन समाजमा नेतृत्व गर्दैछौं त्यो समाजमा अहिले यो संकटकालको समयमा पनि भिन्नभिन्न मतमा विभाजन हुँदैछौ। के कोरोना विरुद्ध हामी मतदान गरेर लड्छौँ? के हामीले जसरी मतदानमा एकले अर्कालाई पराजय गराएझै कोरोनालाई पनि त्यसैगरी पराजय गर्छौँ?  नेतृत्वमा आएको नेतृत्वकर्ता कुनै न कुनै दलबाट आएको हुन्छ यसमा दुई मत छैन। हामी एकले अर्कालाई स्विकार्न सकिरहेका छैनौं। 

यो संक्रमणकालीन अवस्थामा दलगत नभई व्यक्तिविशेष नभई एक असल नागरिकको जिम्मेवारी निर्वाह गर्नुपर्दछ र तेरोमेरो नभनिकन सबैभन्दा माथि उठेर एकताको झल्को देखाउनु पर्दछ। यो दुःखद घडीमा नेपाली जनतालाई आवश्यक पनि त्यही छ। 

यतिबेला हामी आरोप लगाउनको पछि नलागी जनता बचाउनतिर लाग्दा उपयुक्त हुन्छ। जसलेगर्दा भोलिका दिनमा बाँचियो भने आरोप लगाउँला, हिसाब खोजौला र दोषी पत्ता लगाई निष्कर्षमा पुगौला। त्यसका लागि जनतासंगै हिसाब माग्ने र हिसाब दिने दुवै बाँच्नुपर्यो।

 

कमेन्ट लोड गर्नुस