सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुर्गा प्रसाई पुनः पक्राउ

फाइल फोटो
फाइल फोटो
२०८१ मंसिर ४, ०१:०६ खबर संवाददाता

काठमाडौंः दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन्। उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो। सिआइबीका प्रवक्ता होविन्द्र बोगटीले उनलाई  साइबर अपराध गरेको आरोपमा पक्राउ गरेको जानकारी दिए।

गत असोज १५ गते काठमाडौं जिल्ला अदालतले मागेको १ लाख रुपैयाँ धरौटी बुझाएर उनलाई रिहा गर्न आदेश दिएको थियो।  दुईवटा मुद्दामा जनही ५०–५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो। सोही आदेश अनुरुप उनी धरौटी बुझाएर साँझ रिहा भएका थिए।

प्रहरीको साइबर ब्यूरोले उनलाई असोज ६ गते भक्तपुरस्थित आफ्नै घरबाट पक्राउ गरेको थियो। उनीविरुद्ध विद्युतीय अपराधसम्बन्धी दुईवटा मुद्दा दायर भएको थियो। आज फेरी प्रधानमन्त्री केपी शर्मा ओली बिरुद्ध नक्कली कागजपत्र बनाएको भन्दै उनलाई पक्राउ गरेको हो।
 

कमेन्ट लोड गर्नुस