सुदूर नेपाललाई विश्वसँग जोड्दै

बलिउड नायक अक्षय कुमारले गरे २५ करोड सहयोग

२०७६ चैत्र १६, ०१:१९ खबर संवाददाता

विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणले भारत पनि आक्रन्त छ। भारतमा पनि कोरोनाका विरामी हजार बढी भैसकेका छन्। भारतीय सरकारले यसको रोकथामका लागि २१ दिनको लकडाउन गरिरहेको छ। अहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरससँग लड्नका लागि सहयोग कोष नै बनाएका छन्।

यो कोषको निर्माण भएसँगै भारतका विभिन्न व्यक्तिहरुले सहयोगको हात पनि अगाडि बढाएका छन्। यसैविच, बलिउड नायक अक्षय कुमारले प्रधानमन्त्री राहत कोषमा २५ करोड सहयोग गर्ने घोषणा गरेका छन्।

अक्षयले सबैसँग सहयोगका लागि अपिल समेत गरेका छन्। अक्षयले २५ करोड सहयोग गरेसँगै प्रधानमन्त्री मोदीले उनलाई धन्यवाद समेत दिएका छन्। यस्तै, अन्य बलिउड कलाकारले पनि सहयोगको हात अगाडि बढाएका छन्।

कमेन्ट लोड गर्नुस