सुदूर नेपाललाई विश्वसँग जोड्दै

चीनमा कोरोनाका ४५ जना सङ्क्रमित थपिए

फाईल फोटो
फाईल फोटो
२०७६ चैत्र १६, १२:०५ खबर संवाददाता

चीनमा शनिबार कोरोना भाइरस (कोभिड १९) का ४५ जना नयाँ सङ्क्रमित थपिएका छन्। समाचार एजेन्सी रोयटर्सका अनुसार यो सङ्ख्या शुक्रबारको तुलनामा कम हो, शुक्रबार कोरोनाका ५४ जना नयाँ सङ्क्रमित भेटिएका थिए। 

४५ जना सङ्क्रमितमध्ये एक जना विदेशबाट फर्किएको चिनियाँ अधिकारीहरुले बताएका छन्।  शनिबार चीनमा कोरोना भाइरसको सङ्क्रमणबाट पाँच जनाको ज्यान गएको छ। चीनको हुबेई प्रान्तको वुहान शहरमा पाँच जनाकै ज्यान गएको हो। 

चीनमा अहिलेसम्म तीन हजार तीन सय जनाको ज्यान गइसकेको छ भने ८१ हजार चार सयभन्दा बढी सङ्क्रमित भएका छन्। लगातार चार दिनसम्म हुबेई प्रान्तमा कोरोना भाइरसको नयाँ सङ्क्रमण देखिएको थिएन। वुहान शहरमा लगाइएको प्रतिबन्ध बिस्तारै हटाइँदैछ।  
 

कमेन्ट लोड गर्नुस