सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाबाट दक्षिण एसियामा २७ को मृत्यु, दुई हजार संक्रमित

२०७६ चैत्र १३, १२:१७ खबर संवाददाता

दक्षिण एसियामा कोरोना (कोभिड –१९) भाइरसबाट २७ जनाको ज्यान गइसकेको छ। दक्षिण एसियाली देश मध्ये भारतमा सबैभन्दा धेरै १२ जनाको ज्यान गएको हो।

त्यस्तै, पाकिस्तानमा ८, बंगलादेशमा ५ र अफगानिस्तानमा २ जनाको ज्यान गएको छ। बिहीबार विहानसम्म दक्षिण एसियामा संक्रमितको संख्या करिब हजार पुगेको छ। सबैभन्दा बढी पाकिस्तानमा १ हजार ६३ संक्रमित छन्। उनीहरू मध्ये २१ जना निको भइसकेका छन्। पाँच जना भने गम्भिर विरामी छन्।

भारतमा ६६४, श्रीलंकामा १०२, अफगानिस्तानमा ८४ र बंगलादेशमा ३९ जनामा यो भाइरस भेटिएको छ। माल्दिभ्समा १३, नेपालमा ३ र भुटानमा पनि २ जनामा यो भाइरसको संक्रमण देखिएको छ।

कमेन्ट लोड गर्नुस