सुदूर नेपाललाई विश्वसँग जोड्दै

भोजराज भट्टको ‘जौ पात’ रिमेक सार्वजनिक(भिडियोसहित)

२०७६ फाल्गुन २१, ०४:५६ खबर संवाददाता

अहिलेका चर्चित कर्णप्रिय गायक नवराज कलौनीले चर्चित देउडा गीत ‘जौ पात, लौ मैले क्या भण्या भण बाज’ को रिमेक भर्सन लिएर आएका छन्। 

सुदूरपश्चिम र कर्णाली प्रदेशको अती नै लोकप्रिय यस गीतमा उनलाई स्वरमा चर्चित देउडा गायिका पुष्पा बोहराले साथ दिएकी छिन भने गीत रिमेक राजेन्द्र भट्ट (मिस्टर आर जे)ले गरेका छन्।

कमल सौरागको एरेन्ज रहेको गीत देउडा गायक भोजराज भट्टको लय शब्द हो। ईन्दिरा गुरुङ र भोजराज भट्टको आवाजमा रहेको पुरानो देउडा गीतलाई पुष्पा र नवराजले आफ्नो स्वरमा नयाँ तरिकाले सिङ्गारेका छन।

सबैको मनमनमा बस्न सफल यस गीतको निर्देशन व्यस्त निर्देशक बिक्रम चौहानले गरेका छन भने अभिनयमा सिबेस लेस, लोकेन्द्र प्रसाद जोशी, पुजन घिमिरे, प्रसम्सा सुनारले भुमिका निर्वाह गरेका छन्।

बेहुलो सिपाही, बनारसको साडी जस्ता गीतबाट स्रोताको मनमा बस्न सफल गायक कलौनीले यो अर्को अविस्मरणीय कोशेली पस्केका हुन्।पुरानो गीतको मर्म र भाव नबिग्रीने गरि गीत रिमेक गरेको उनले बताए। यद्यपि गीतको प्रतिक्रिया स्रोतामार्फत आउने गायक कलौनीले बताए।  
 

कमेन्ट लोड गर्नुस