सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय

२०८३ भदौ २६, ०७:०८ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशमा देखिएको बजेट शून्यताको अवस्था अन्त्य गर्न बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय भएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सर्वदलीय बैठकले आवश्यक कानुनी प्रक्रिया पूरा गरी बजेट निर्माणको काम शीघ्र अघि बढाउने निर्णय गरेको हो।

बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू सहभागी थिए। लामो समय बजेट शून्यता कायम रहँदा प्रदेश सरकारका नियमित कामकाज र विकास निर्माण प्रभावित हुनसक्ने भन्दै बजेट निर्माणलाई प्राथमिकताका साथ अघि बढाउने सहमति भएको हो।

प्रदेशको वर्तमान आर्थिक अवस्थालाई ध्यानमा राख्दै आवश्यक प्रक्रिया पूरा गरेर बजेट ल्याउने निर्णय गरिएको बैठकपछि जनाइएको छ। सर्वदलीय सहमतिपछि प्रदेश सरकारलाई बजेट निर्माण तथा त्यससँग सम्बन्धित कानुनी प्रक्रिया अघि बढाउने बाटो खुलेको छ।
 

कमेन्ट लोड गर्नुस