सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रियंका र आयुष्मानले गरे बिवाह

फाइल फोटो
फाइल फोटो
२०७६ फाल्गुन १५, ०५:२५ खबर संवाददाता

केही दिन अगाडि मेहेन्दी, संगीत समारोह आयोजना गरेका अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले बिवाह गरेका छन्। उनीहरुले बिहिबार जिल्ला अदालत ललितपुर पुगेर कानुनी रुपमा  बिवाह गरेका हुन्।

अदालतमा एक अर्काेलाई माला लगाउँदै उनीहरुले कानूनी  बिवाह गरेका हुन्। उनीहरुको अदालती बिवाहमा पारिवारिक सदस्यको मात्र उपस्थिती रहेको थियो। बिवाहपछि अभिनेत्री कार्की र जोशीले सामाजिक सञ्जालबाट तस्बिर पोष्ट गर्दै कानुनअनुसार आफुहरु एक भएको जनाएका छन्।

कानुनी रुपमा आज बिवाह गरे पनि प्रियंका र आयुष्मानले सामाजिक रुपमा भने शुक्रबार बिवाह गर्ने र आफन्त, चलचित्रकर्मी र साथीहरुका लागि पनि सोही दिन पार्टी दिने बुझिएको छ।
 

कमेन्ट लोड गर्नुस