सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वभरीका नेपाली साहित्यकार धनगढीमा

२०७६ फाल्गुन १५, १२:१८ खबर संवाददाता

धनगढी : धनगढीमा जारी विश्व नेपाली साहित्य महोत्सवमा विश्वभरिका नेपालीभाषी साहित्यकारको जमघट हुने क्रम जारी रहेको छ।  बुधबारदेखि धनगढीमा सुरु भएको महोत्सवमा आज पजि विभिन्न कार्यक्रम राखिएको छ। सुदूरपश्चिमाञ्चल साहित्य समाजद्वारा आयोजित साहित्य महोत्सवमा सहभागिता जनाउन विश्वभरिबाट नेपालीभाषी आउनेक्रम जारी रहेको हो। महोत्सवमा अवधीभर झण्डै ५ सय बढी साहित्यकारको सहभागिता रहनेछ। 

महोत्सव अवधिभरि ३० बढी विभिन्न साहित्य सत्र (अन्तरसंवाद), काव्यसभा, सांस्कृतिक कार्यक्रम समावेश गरिएका छन्। आयोजक सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष रामलाल जोशीका अनुसार साहित्य र राजनीति : अन्तरद्वन्द्व कि अन्तरसम्बन्ध, सङ्घर्ष र सफलताको कथा, लोकसभा नपढिएको विश्वविद्यालय, स्वाभिमानी जातिका स्वाभिमानी पाइला, सहयात्रा : महको मिठास, नेपाली समालोचनाको दशा र दिशा, खतरा छ ? इतिहास र संस्कृति, नेपाली साहित्यमा महाभारतको प्रभाव, हास्यव्यङ्ग्यको झटारो : अप्रियश्चः प्रियताम्, कस्तो छ नेपाल बाहिरको नेपालीभाषी जीवन ? र परिदृश्यमा भोलिको नेपाल विषयमा अन्तरसंंवाद हुनेछ। 

त्यस्तै गजल गुञ्जन : ‘के भुल भयो प्रिया...,’ उमेर संवाद : प्रविधि र पुस्ता, आइबीपछिको दार्जि्लिङ, आख्यानमा आञ्चलिकता, लेखनमा लिङ्गीय भेदको सकस, द्वन्द्व र दुःखको उल्झन : नारायण ! नारायण !!, भाषा भावनाको कडी, एकताको आधार, कविताको मुकाम, डायस्पोरामा नेपाली साहित्य : जीवनको पलायन कि भाषाको फैलावट, कविताको आराधना, सङ्गठनले धानेको साहित्य, आख्यानको नयाँ लोक, नेपाली आख्यानको परिभ्रमण तथा बर्माको बोली : माइती देशको कौवा प्यारो शीर्षकमा साहित्य संवाद हुनेछ। 

यस्तै साहित्य अन्तरसंवादमा विश्व आकाशमा कहाँनेर छ नेपाली साहित्य ?, आफ्नै परम्परा, सुदूरपश्चिम स्वर्गसरि माया रैजाउ जनमभरि, सांसदका कुरा : कति पूरा कति अधुरा ?, स्वर्णकाल पर्खिएको नेपाली गजल, मेरो गाजल : मेरो गजल, कहर काटिएको जिन्दगी, पश्चिमले गर्ला त पूरा : आख्यानका अधुरा कुरा ?, सीमान्त कथा, साहित्य र राजनीति कति नजिक कति टाढा ?, विद्वताले नधानेको राजनीति, मुख्यमन्त्रीको प्रदेश सपना, सुरमा बगेको सुदूरपश्चिम, सिमान्त सपनाका ऐंठन, कविता मुक्तिको खोजी कि छन्दको बन्धन, टेलिभिजनको क्रेज : हिजो, आज र भोलि, जीवन : पर्दा्भित्र पर्दा बाहिर, मन्त्रीका सपना : विकासका योजना, मेरो सपना : मेरो शहर, म झुक्दै नझुक्ने नेपालको छोरो, संस्कृति तथा स्थानीय प्रतिभाको प्रस्तुतीकरण, समृद्धिको सपना र अस्तित्वमा एकता : हिजो, आज र भोलि शीर्षक समावेश गरिएका छन्। 

महोत्सव अवधिभर विभिन्न साहित्यकार तथा आख्यानकारको संवाद, कार्यपत्र प्रस्तुति, टिप्पणी, अनुभव आदानप्रदान र प्रदेशका विभिन्न जातजाति र जिल्लाको संस्कृति झल्किने सांस्कृतिक कार्यक्रम प्रस्तुति हुने आयोजकले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस