सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी सहित विभिन्न ठाउँमा मिस नेपाल २०२० को आवेदन खुला

फाइल फोटो
फाइल फोटो
२०७६ फाल्गुन १३, १०:३६ खबर संवाददाता

मिस नेपाल २०२० को आवेदन खुला गरिएको छ। सोमबारबाट खुला गरिएको मिस नेपालको आवेदन मार्च २७ गतेसम्म भर्न सकिने छ। आवेदन फर्म मिस नेपालको वेबसाइटमा गएर निःशुल्क भर्न सकिने छ।

२०२० मे १५ मा नयाँ मिस नेपाल घोषणा गरिने आयोजक हिडन ट्रेजले जनाएको छ। मिस नेपालको अडिसन धनगढी, काठमाडौं, चितवन, नेपालगंज, बुटवल, पोखरा, वीरगञ्ज, धरान र विर्तामोडमा हुने आयोजक हिडन ट्रेजरका निर्देशक दिवाकर राजकर्णिकरले बताए।

मिस नेपालमा सहभागी हुन १९ वर्षदेखि २६ वर्षसम्मको अविवाहित युवती हुनुपर्नेछ। ५ दशमलव ४ इन्च हाइट भएको नेपाली नागरिकता वा नेपाली पासपोर्ट भएकाहरुले मात्र आवेदन दिन पाउनेछन्। 
 

कमेन्ट लोड गर्नुस