सुदूर नेपाललाई विश्वसँग जोड्दै

डिबेट शोमा पुगेकी यी नायीकाले आफ्नो गलत उमेर बताएपछि...

२०७६ फाल्गुन १२, ११:२६

डिबेट शोमा पुगेकी नायिका स्वरा भास्कर एक पटक पुनः आफ्नो बयानका कारण ट्रोल भइरहेकी छिन्। एनआरसी र सिएएको विषयमा चलिरहेको डिबेटमा स्वराले एक प्रश्नको जवाफमा भनिन, ‘म सन् २०१० मा १५ वर्षकी थिएँ।’

उनको यो बयानपछि सोसल मिडियामा उनलाई लगातार ट्रोल गरिँदैछ। स्वरासँग नायक मोहम्मद जीशान अयूब र तिग्मांशु धूलियामा पनि उपस्थित थिए।

नायिकालाई सोधिएको थियो, ‘सन् २०१० मा जब एनपीआरको प्रक्रिया सुरु भयो तब तपाईंलाई समस्या भएन?’ यसको जवाफमा स्वराले भनिन, ‘म सन् २०१० मा १५ वर्षकी थिएँ।’ त्यसपछि प्रयोगकर्ताले लगातार उनको मजाक उडाइरहेका छन्। ट्वीटरमा #MathematicianSwara ट्रेन्ड गरिरहेको छ। विकिपिडियाका अनुसार स्वराको जन्म ९ अप्रिल सन् १९८८ मा भएको थियो।

कमेन्ट लोड गर्नुस