सुदूर नेपाललाई विश्वसँग जोड्दै

फ्राइडे रिलिजमा ‘आमा’ र ‘सेन्टी भाइरस’

२०७६ फाल्गुन ९, ०६:२८ खबर संवाददाता

फ्राइडे रिलिज अन्तर्गत आज हलमा दुई नेपाली चलचित्र ‘आमा’ र ‘सेन्टी भाइरस’ प्रदर्शनमा आएका छन्। चलचित्र ‘आमा’ लाई दीपेन्द्र के खनालले निर्देशन, लेखन र छायांकन गरेका हुन्। हस्पिटल ड्रामा ‘आमा’ लाई दर्शक तथा चलचित्र समीक्षक दुवैले मन पराउनेमा निर्माण पक्ष विश्वस्त छ। चलचित्रमा मिथिला शर्मा, सुरक्षा पन्त र सरिता गिरी मुख्य भूमिकामा छन्। 

यस्तै धुर्मुस सुन्तलीको चलचित्र ‘सेन्टी भाइरस’ पनि आज नै रिलिज भएको छ। रामबाबु गुरुङले निर्देशन गरेको चलचित्रले राजनीतिक–सामाजिक विषय उठान गरेको छ। हास्य व्यङग्यमा आधारित चलचित्रमा सीतारमा कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, बुद्दि तामाङ मुख्य भूमिकामा छन्।

दुई बलिउड चलचित्र ‘शुभ मंगल ज्यादा सावधान, ‘भूत : द हन्टेड सिप’ का साथै हलिउड चलचित्र ‘द कल अफ द वाइल्ड’ पनि आजैदेखि रिलिज भएका छन्। 
 

कमेन्ट लोड गर्नुस