सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रचण्डकी नातिनीको नयाँ गीत(भिडियोसहित)

२०७६ फाल्गुन ८, ०६:४० खबर संवाददाता

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी गायिका स्मिता दाहाल र गायक सरोज ओलीको स्वरमा रहेको नयाँ गीत ‘कमेरोले पोतेको दुई तलाको घर’ सार्वजनिक भएको छ। यसअघि उनको मायालु तिमी कता छौ बोलको गीतले निकै चर्चा कमाएको थियो।

गीतका शब्द प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका हुन्। गीतमा कार्टुन क्रुका कलाकार सरोज अधिकारी र आश्मा विश्वकर्मा तथा जिवेश गुरुङको अभियन छ। 

‘कमेरोले पोतेको दुई तलाको घर’ गीतमा दिपक शर्माको संगीत छ  एरेन्जमा उदयराज पौडेल, मिक्सिङ श्याम स्वोयत रसाइलीको रहेको छ। नवराज उप्रेतीले छायांकन गरेको गीतको सम्पादन अमन मानन्धरले गरेका हुन्। 

 

कमेन्ट लोड गर्नुस