सुदूर नेपाललाई विश्वसँग जोड्दै

अमेरिकन आइडलमा छानिए नेपाली युवा

२०७६ फाल्गुन ५, ०१:४१ खबर संवाददाता

सबैभन्दा ठूलामध्येको एक गायन रियालिटी अमेरिकन आइडलको १८ औं सिजनमा नेपाली युवा छानिएका छन्। काठमाडौंका दिवेश पोखरेल छानिएका हुन्।

हलिउड प्रस्तुतीका लागि छानिएका टप ४० मध्येका एक दिवेश हाल अमेरिकाको क्यान्सस राज्यको विचिटामा बसोबास गर्दै आइरहेका छन्। उनी ५ वर्षअघि नेपालबाट अमेरिका गएका हुन्। आइतबार अमेरिकी च्यानल एबिसीबाट प्रसारण भएको पहिलो श्रृंखलाबाट उनी छानिएका हुन्। 

प्रस्तुतीका क्रममा दिवेशले नेपालको सुन्दरताबारे मात्रै चर्चा गरेनन् उनले नेपालीपन पनि प्रस्तुत गरिरहेका थिए। उनले अभिवादन गर्दा पनि नमस्ते गरेका थिए। उनको प्रस्तुतीको जजहरुले पनि निकै प्रशंशा गरेका छन्।
 

कमेन्ट लोड गर्नुस