सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी महोत्सवको तेश्रो दिन, स्थानीय कलाकारको प्रस्तुती

२०७६ फाल्गुन ४, ०८:४९ खबर संवाददाता

धनगढी उप–महानगरपालिकाको वडा नम्बर १५ मा जारी पहिलो धनगढी महोत्सवको आज तेश्रो दिन स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुती राखेका छन्।

संस्कृती, पर्यटन, कृषि, उद्योग र व्यापार समुन्नत एंवम समृद्ध धनगढी विकासको आधार भन्ने मुल नाराका साथ शुक्रवार देखि सुरु भएको महोत्सवमा आज प्रसिद्ध डेउडा गायीका रेखा जोशी, नेरन्द्र राज रेग्मी, श्रीदेवी चौधरी, धोज महरा लगायतका कलाकारहरुको प्रस्तुती रहेको आयोजक शिवगंगा संस्कृतीक पर्यटन विकास समितिका अध्यक्ष मोती रानाले बताए।

उनले किसानहरुले उत्पादन गरेका तरकारी तथा अन्नवालीले पनि बजार पाओस भन्ने उदेश्यले मेला आयोजना गरीएको बताए। महोत्सवमा प्रस्तुतिका लागि स्थानिय कलाकारहरुलाई विशेष प्रार्थमिकता दिईएको उनले बताए।

प्रथम धनगढी महोत्सवका उपसंयोजक प्रताप बिष्टले नेपाल भ्रमण वर्ष २०२० लाई महोत्सवले टेवा पु¥याउने अपेक्षा गरे। प्हिलो पटक लगाईएको महोत्सवले स्थानिय कलाकारलाई प्रार्थमिकतामा पनि राखेको उनले बताए।  
 

कमेन्ट लोड गर्नुस