सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना नियन्त्रणमा नआएपछि हुबेईका सरकारी अधिकारीहरु बर्खास्त

२०७६ फाल्गुन २, ०८:४६ खबर संवाददाता

विश्व स्वास्थ्य संगठनले नयाँ नाम दिएको कोभिड–१९ कोरोना भाइरस नियन्त्रणमा आउने लक्षण देखिएको छैन। कोरोना नियन्त्रणमा नआएपछि चीन सरकारले हुेबेई प्रान्तका उच्च अधिकारीहरुलाई बर्खास्त नै गरेको छ। कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्दै गएपछि उच्च सरकारी अधिकारीहरुलाई पदमुक्त गरेको हो। 

भाइरस नियन्त्रण गर्न नसकेको भन्दै चीनले अमेरिकी तथा युरोपेली देशबाट आरोप खेपिरहँदा चीन सरकार पनि कठोर बनेको हो। उक्त क्रममा चीन सरकारले सबैभन्दा बढी प्रभावित हुबेई प्रान्तका शीर्ष राजनीतिक नेतृत्वलाई जिम्मेवारीमुक्त बनाएको हो। भाइरसबाट अहिलेसम्म मृत्यु हुनेको संख्या एक हजार ३६७ जना पुगेको जनाएको छ। 
बिहीबार ११६ जनाको मृत्यु भएको छ। नयाँ ४ हजार ८२३ बिरामी फेला परेका छन्। 

जापानमा समेत एक जनाको मृत्यु भएको छ भने ४४ नयाँ बिरामी थपिएका छन्। संक्रमितको संख्या जापानमा मात्रै २१८ पुगेको छ। चीन बाहिर ४४७ संक्रमित रहेको पनि बताइएको छ। जापान, फिलिपिन्स र हङकङमा एक एक जनाको मृत्यु भएको छ। 

कमेन्ट लोड गर्नुस