सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेशसभाका विपक्षी नेता पोखरेलको निधन

२०७६ माघ ६, ०३:४७

प्रदेश ५ को प्रदेशसभाका विपक्षी नेता बलदेव शर्मा पोखरेलको ८२ वर्षको उमेरमा आज निधन भएको छ। विगत एक वर्षदेखि क्यान्सर रोगबाट ग्रसित पोखरेलको रुपन्देहीको तिलोत्तमा नगरपालिका–१४, खैरियास्थित आफ्नै निवासमा दिउँसो साढे १ बजे निधन भएको हो।

छातीमा क्यान्सरको सङ्क्रमणका कारण रुपन्देहीको क्रिमसन अस्पतालमा उपचार गराइरहेका थिए। पोखरेललाई  केही दिनअघि मात्रै घर लगिएको थियो। १९ माघ १९९४ मा प्युठानको तुसारामा जन्मिएका पोखरेल नेपाली कांग्रेसको समानुपातिक कोटाबाट प्रदेश सभाको सदस्य बनेका थिए।

उनी प्रदेश सभाकै जेष्ठ सदस्य थिए। पोखरेलका श्रीमती, चार छोरा र दुई छोरी छन्।  रासस

कमेन्ट लोड गर्नुस