सुदूर नेपाललाई विश्वसँग जोड्दै

छात्रालाई कार्यकक्षमै यौन दुर्व्यवहार

फाइल फोटो
फाइल फोटो
२०७६ माघ १, १०:२६ खबर संवाददाता

भेटेरिनरी विषयको ओजेटी गरिरहेकी छात्रालाई यौन दुर्व्यवहार गरेको भन्दै आफन्तले प्रहरीमा उजुरी दिएपछि प्रहरीले एक पशु प्राविधिकलाई पक्राउ गरेकोछ। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका गणेश आचार्य यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका हुन। 

आचार्यमाथि आफ्नै कार्यकक्षमा ओजेटीमा आएकी छात्रालाई यौन दुर्व्यवहार गरेको अभियोगसहित उजुरी परेपछि मङ्गलबार बेलुका पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक बामदेव गौतमले बताए। 

जबरजस्ती करणी प्रयास उद्योग महलअन्तर्गत मुद्दा दर्ता गरेर कारवाही थालिएको आचार्यलाई बिहीबार जिल्ला अदालतमा लगेर म्याद थप्ने तयारी गरिएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस