सुदूर नेपाललाई विश्वसँग जोड्दै

कतारका लागि रमेशचन्द्र पौडेल राजदूत नियुक्त

२०८१ कार्तिक ८, ०५:५५ खबर संवाददाता

काठमाडौँः कतारका लागि नेपालको राजदूतमा रमेशचन्द्र पौडेल नियुक्त भएका छन्।

बिहीवार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रमेशचन्द्र पौडेललाई आवासीय राजदूतमा नियुक्त गरेका हुन्। पौडेललाई नेपालको संविधानको धारा २८२ उपधारा (१) बमोजिम राजदूत नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

कमेन्ट लोड गर्नुस