सुदूर नेपाललाई विश्वसँग जोड्दै

श्रीलंकालाई ६–० ले हराउँदै नेपाल फाइनलमा प्रवेश

२०८१ कार्तिक ८, ०८:११ खबर संवाददाता

काठमाडौँः नेपाल सातौं संस्करणको साफ वुमन्स च्याम्पियनसिपको सेमिफाइनल प्रवेश गरेको छ।

बिहीवार समूह ‘बी’ को अन्तिम खेलमा श्रीलंकालाई ६–० गोल अन्तरले हराउँदै नेपाल समूह ‘बी’ विजेताको हैसियतमा सेमिफाइनलमा प्रवेश गरेको हो। श्रीलंकाविरुद्धको जितमा नेपालका लागि रेखा पौडेलले दुई तथा सावित्रा भण्डारी ‘साम्बा’, रश्मीकुमारी घिसिङ, सविता राना मगर र अमिषा कार्कीले एक÷एक गोल गरे।

नेपालले खेलको आठौं मिनेटमा सविता राना मगरको गोलबाट सुरुवाती अग्रता लियो। सावित्रा भण्डारी ‘साम्बा’ ले दायाँ विंगबाट पेनाल्टी क्षेत्रभित्र बल लग्दै दिएको कटब्याकलाई सविताले गोल गरेकी हुन्। ११औँ मिनेटमा सावित्राले आकर्षक गोल गरिन्। उनले विमला विकले दिएको पासमा पहिलो टच लिँदै २५ यार्ड टाढाबाट सुन्दर गोल गरेकी हुन्।

१३औँ मिनेटमा रेखा पौडेलले गोल गर्दै नेपाललाई ३–० को सुरुवात दिलाइन्। उनले अमिषा कार्कीको क्रसमा ६ यार्ड बक्स नजिकबाट पहिलो टचमै फिनिस गरिन्। ३७औँ मिनेटमा सावित्राले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई रेखाले ६ यार्ड बक्स नजिकबाट हल्का छुँदै गोल गर्दै पहिलो हाफमा नेपाललाई ४–० को अग्रता दिलाइन्।

दोस्रो हाफको सुरुवाती मिनेटमै नेपालले गोल ग¥यो। सरू लिम्बूले दिएको छोटो कर्नरमा सविता राना मगरले निकालेको क्रसलाई अमिषा कार्कीले ६ यार्ड बक्स अगाडिबाट गोल गरिन्। इन्जुरी समयको दोस्रो मिनेटमा रश्मीकुमारी घिसिङले गोल गर्दै नेपाललाई ६–० को सानदार जित दिलाइन्। उनले अनिता बस्नेतको कर्नरमा हेडरमार्फत गोल गरेकी हुन्। नेपालले अब सेमिफाइनलमा समूह ‘ए’ उपविजेता भारतको सामना गर्नेछ। यी दुई टिमबीचको सेमिफाइनल भिडन्त कात्तिक ११ मा हुनेछ।
 

कमेन्ट लोड गर्नुस