सुदूर नेपाललाई विश्वसँग जोड्दै

नायक अर्जुन कपुर भन्छन् – म मलाइकाको साथमा सजिलो महशुश गर्छु, बिहे गर्दा कसैसँग पनि लुकांउदैन

२०७६ पुष २९, ०२:१२ खबर संवाददाता

नायक अर्जुन कपुर र नायिका मलाइका अरोरा खानको प्रेम सम्बन्ध कसैसँग पनि लुकेको छैन। उनीहरुले, प्रेम सम्बन्धलाई सबैमाझ प्रस्तुत गरिसकेका छन्। मलाइकासँग केही बर्ष अघिदेखि नै प्रेममा रहेका अर्जुनलाई परिवारले बिहेका लागि दबाब दिन थालेका छन्।

यो बिषयमा अर्जुन भन्छन–‘म सबैको कुरा सुन्छु, तर आफ्नो मनले भनेको काम गर्छु। एउटा समय यस्तो आउँछ, जब तपाइको परिवारले तपाइलाई बिहेको बिषयमा दबाब दिन बन्द गर्छन्। तर, म मेरो परिवारलाई निराश बनाउदिनँ। म कुनै पनि फैसला गर्नु अगाडि मेरो परिवारलाई पनि त्यसमा सहभागी गराउँछु।’

अर्जुनले आफूले बिहे गर्दा कसैसँग पनि नलुकाउने बताएका छन्। अर्जुन भन्छन–‘म मलाइकाको साथमा सजिलो महशुश गर्छु। हाम्रो यो कुरालाई मिडियाले पनि राम्रोसँग वुझेको छ। म र मलाइकाको सम्बन्धलाई लिएर मिडियाको क्रियाकलाप कहिले पनि नराम्रो रहेन।’

नायक अरबाज खानसँगको बैबाहिक जीवनलाई विश्राम दिएर मलाइकाले अर्जुनसँगको प्रेम सम्बन्धलाई खुलाएकी थिइन्। यसपछि, यो जोडी सार्वजनिक रुपमा देखिन थालेको हो।
 

कमेन्ट लोड गर्नुस