सुदूर नेपाललाई विश्वसँग जोड्दै

उखुको मूल्य माग्दै किसानद्धारा माइतीघरमा धर्ना

२०७६ पुष १२, ०३:२२ खबर संवाददाता

बक्यौता रकम माग गर्दै उखु किसानहरुले काठमाडौंको केन्द्रित आन्दोलन थालेका छन्। उनीहरुले शनिबार माइतीघर मण्डलामा धर्ना दिएका छन। उखु किसानका अगुवा हरेश्याम रायले भने, ‘जबसम्म हामीले बक्यौता रकम पाउँदैनौं, तबसम्म हामी यहाँबाट फर्किँदैनौं।’ उनका अनुसार सरकारले ५३६ रुपैयाँ प्रतिक्वीन्टल उँखुको मूल्य तोकिदिए पनि चिनी मिलहरुले बिभिन्न शीर्षकमा काटेर ४३५ रुपैयाँ प्रतिकिलोको मात्रै चिट दिने गरेका छन्।

उखु किसानहरुले २०७० देखिकै रकम चिनी मिलहरुले नदिएको बताउँछन्। उखु किसानका अगुवा रायका अनुसार हालसम्म ५० करोड बक्यौता रकम छ। महालक्ष्मी सुगर मिल्समा मात्रै साढे २१ करोड बक्यौता रहेको उनको भनाइ छ।
 

कमेन्ट लोड गर्नुस