सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमा प्रदेश–स्तरीय महिला उद्यमी सञ्जाल गठन 

२०८१ भदौ १४, ०७:१८ खबर संवाददाता

धनगढीः सुदूरपश्चिममा प्रदेश–स्तरीय महिला उद्यमी सञ्जाल गठन गरिएको छ। बिहीवार वुमन एक्ट नेपालले धनगढीमा उद्यमी महिलाहरुसंग अभिमुखीकरण कार्यक्रमको आयोजना गर्दै सुदूरपश्चिम प्रदेश स्तरिय महिला उद्यमी सञ्जाल गठन गरेको हो।

नेपालका सीमान्तकृत र जोखिममा परेका महिला तथा बालबालिकाहरुको आर्थिक सवलिकरण परियोजना अनतरगत महिला उद्यमीहरुको सामुदायीक अभ्यास सञ्जाल गठन गरिएको वुमन एक्ट नेपालकी कोषाध्यक्ष अन्जु केसीले बताइन्।

सुदूरपश्चिम प्रदेशका ३ जिल्ला कैलाली, कञ्चनपुर र डडेल्धुराका ५ पालिकाका महिला उद्यमीहरुको सञ्जाल गठन गरिएको हो। कैलालीको धनगढी उपमहानगरपालिका, गौरीगंगा नगरपालिका र गोदावरी नगरपालिकका महिला उद्यमी यस्तै डडेलधुराको अमरगढी नगरपालिका र कञचनपुरको भीमदत्त नगरपालिकाका महिला उद्यमीहरुको सञ्जाल गठन गरिएको जनाइएको छ। सामाजिक विकासमन्त्री मेघराज खड्काको प्रमुख आतिथ्यतामा सो कार्यक्रम समपन्न भएको वुमन एक्ट सुदूरपश्चिम प्रदेश संयोजक अनिता श्रेष्ठले बताइन। 

कमेन्ट लोड गर्नुस