सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा भ्रष्टाचार विरुद्ध वक्तृत्वकला प्रतियोगीता

२०७६ मंसिर २३, ०६:०७ खबर संवाददाता

कैलाली: अन्र्तराष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवसको अवसरमा कैलालीमा वक्तृत्वकला प्रतियोगीता आयोजना गरिएको छ। बागेश्वरी असलशासन क्लब (बास) कैलाली शाखाको आयोजना तथा दारी ग्याङ आईतवार कलेज स्तरिय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिको हो।  भ्रष्टाचार विरुद्ध युवाको भूमिका विषयमा आयोजना भएको वक्तृत्वकला प्रतियोगितामा कैलाली बहुमुखी क्याम्पसका छात्रा निधी ठाकुर प्रथम भएका छन्। त्यस्तै नवराज जोशी दोस्रो, भरत साँउद तृतिय भएका छन्। भने शान्त्वना पुरुस्कार विकास जैशीले पाएका छन्। 

प्रतियोगिताका उत्कृष्ट प्रतियोगिहरुलाई एचडिआरसीकाको सहयोगमा शैक्षिक सामाग्रीसहित प्रमाणपत्र वितरण गरिएको छ।  कार्यक्रम बोल्दे सुचनाको हकको राष्ट्रिय सञ्जालका संयोजक तथा नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय उपसभापती उमीद बागचन्दले भ्रष्टाचारमुक्त समाज निर्माणमा हामी सबैको उत्तिकै भुमिका रहेको बताए। 

आर्थिक अनियामितता गर्नु मात्रै भ्रष्टाचार नरहेको बताउँदै बागचन्दले आफ्ना गलत आचरण पनि भ्रष्टाचार रहेको बताए। त्यसैले उनले भ्रष्टाचार निर्मुल पार्न हामी सबैले एकजुट हुनुपर्ने बताए।  संस्थाका अध्यक्ष पाण्डव पुजाराले बास कैलालीले भ्रष्टाचार र सुशासनका क्षेत्रमा नितान्त सामाजिक कार्य गरिरहेको र  बास देशका ७३ जिल्लामा रहेको बताए। 

कमेन्ट लोड गर्नुस