सुदूर नेपाललाई विश्वसँग जोड्दै

दिल्लीको रानी झाँसी रोडस्थित अन्न बजारमा आगलागी, ३२ जनाको मृत्यु

२०७६ मंसिर २२, १०:५२ खबर संवाददाता

भारतको राजधानी दिल्लीस्थित रानी झाँसी रोडमा रहेको अन्न बजारमा आइतबार बिहान ठूलो आगलागी भएको छ।

घटनामा ३२ जनाको मृत्यु भएको छ। आगलागीपछि उक्त इलाकामा हलचल मच्चिएको थियो। ५६ जनाको उद्धार गरिएको छ। धेरै मानिस गम्भीर घाइते छन। दिल्ली दमकल विभागले त्यहाँको आगो नियन्त्रणमा लिन प्रयास गरिरहेको छ। विभागका कर्मचारीले कम्तिमा पनि ५० जनालाई आफूहरुले बचाएको बताएका छन्।

अहिले उद्धार जारी छ। ३० भन्दा बढी दमकल परिचालन गरिएको छ। घाइतेहरुलाई अस्पताल लगिएको छ। घाइतेहरुलाई आरएमएल , एलएनजेपी , हिन्दू राव र सफदरजगलन अस्पतालमा भर्ना गरिएको छ। अन्न बाजारको एउटा भवनबाट बिहान करिब ५ बजे आगो सुरु भएको थियो।
 

कमेन्ट लोड गर्नुस