सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा नक्कली प्रहरी बनेर ब्राउन सुगरमा फसाइदिने भन्दै लुटपाट

२०७६ मंसिर ४, ०९:२० खबर संवाददाता

कैलाली: सोमबार राती जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले धनगढी माविको खेल मैदान नजिकबाट चार जनालाई पक्राउ गर्यो। साईकल यात्रीबाट मोबाईल सहितका समाग्री लुटेको भन्दै उनिहरुलाई पक्राउ गरिएको थियो। 

प्रहरीका अनुसार लुटेराहरुले धनगढी उपमहानगरपालिका–८ का २० वर्षीय अरुण चौधरीलाई रोकेर मोबाईल सहित अन्य समाग्री लुटेर भागेका थिए। सुरुमा उनिहरुले क्याम्पस चोकबाट फर्किरहेका चौधरीलाई धनगढी माविको खेल मैदानमा लगेर आफुहरु प्रहरी भएको र चौधरीसँग ब्राउन सुगर रहेको भन्दै धम्काएका थिए।

ती लुटेराहरुले पिडित अरुण चौधरीलाई लुटपाट गरेको र एक लाख नदिएमा लागु औषध ब्राउन सुगरमा मुद्दा चलाई दिन्छौ भनेर थर्काएको कुरा अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ। सो समयमा पिडित चौधरी ति लुटेरको चङ्गुलबाट फुत्किन सफल भए, र प्रहरीलाई तुरुन्त खबर गरे। प्रहरीले खबर पाएपछि उक्त स्थानबाट तत्काल खटिएको प्रहरी टोलीले ती चारै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेत बताउँछन। 

पक्राउ पर्नेमा धनगढी–८ का २२ वर्षीय सन्दीप श्रीवास्तव, २७ वर्षीय प्रदीप योगी, २४ वर्षीय अनील चन्द  र ३० वर्षीय भक्तराज जोशी रहेको बस्नेतले जानकारी दिए। उनिहरुमाथी अपहरण गरी फिरौती माग गरेको शिर्षकमा मुद्दा दर्ता गरेर अदालतबाट १० दिन म्याद थपगरी थप अनुसन्धान भईरहेको बताइएको छ। 

कमेन्ट लोड गर्नुस