सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा दसै‌–तिहार लक्षित जिएआरएस ट्रेडिङ कन्सर्नको विशेष साटफेर अफर

२०८३ असोज २२, ०२:४५ लक्ष्मण ढुङ्गाल

धनगढी : दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै टाटा मोटर्सको अधिकृत विक्रेता जिएआरएस ट्रेडिङ धनगढीले विशेष सवारीसाधन साटफेर योजना सार्वजनिक गरेको छ।

योजनाअन्तर्गत अक्टोबर ७ देखि १४ तारिखसम्म ग्राहकले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ टाटाको चारपाङ्ग्रे सवारीसाधन खरिद गर्न सक्नेछन्। ग्राहकलाई पुरानो सवारीसाधनको मूल्यांकन, खरिदसम्बन्धी परामर्श, ऋण तथा किस्तासम्बन्धी सुविधा र सवारी खरिद प्रक्रिया सहज बनाउन आवश्यक सहजीकरणसमेत उपलब्ध गराइने शोरुमले जनाएको छ।
योजनाअनुसार टाटा टियागो ईभी बुकिङ गर्ने ग्राहकले एक जनाका लागि बाली भ्रमण वा आकर्षक नगद छुटमध्ये एउटा सुविधा रोज्न सक्नेछन्। त्यस्तै, टाटा नेक्सन बुकिङ गर्ने ग्राहकका लागि दुई जनाको बाली भ्रमण वा नगद छुटको सुविधा उपलब्ध गराइएको छ।

पुरानो दुईपाङ्ग्रे सवारीसाधनको मूल्यांकन तथा साटफेर प्रक्रिया सहज बनाउन केबी मोटर्स तथा रिकन्डिसन हाउसलाई साटफेर साझेदारका रूपमा सहभागी गराइएको छ। यसबाट ग्राहकले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटरको मूल्यांकन गराई नयाँ सवारीसाधन खरिद प्रक्रिया सहज रूपमा अघि बढाउन सक्ने शोरुमले जनाएको छ।
शोरुमकी व्यवस्थापक करीना अन्सारीका अनुसार योजना सार्वजनिक भएलगत्तै ग्राहकको उत्साहजनक प्रतिक्रिया आएको छ। उनका अनुसार अफर सार्वजनिक भएको पहिलो दिनमै ग्राहकले ८ वटा टियागो र ३ वटा नेक्सन बुकिङ गरेका छन्।

“आज योजनाप्रति ग्राहकको प्रतिक्रिया निकै उत्साहजनक रह्यो। आज शोरुममा आउनुभएका ग्राहकहरूले नै ८ वटा टियागो र ३ वटा नेक्सन बुकिङ गर्नुभएको छ,” उनले भनिन्।
जीएआरएस ट्रेडिङ कन्सर्नका सञ्चालक अशोक पाण्डेयले दशैंको अवसरमा पुरानो दुईपाङ्ग्रे सवारीसाधन साटेर सुरक्षित, आरामदायी र सुविधासम्पन्न चारपाङ्ग्रे सवारीसाधनमा स्तरोन्नति गर्न यो योजना उपयोगी हुने बताए।

टाटाका विद्युतीय सवारीसाधनप्रति ग्राहकको विश्वास बढ्दै गएको उल्लेख गर्दै उनले ग्राहकलाई गुणस्तरीय सेवा उपलब्ध गराउन आफूहरू प्रतिबद्ध रहेको बताए। टाटा पन्च इभिप्रति ग्राहकले देखाएको उत्साह र बुकिङका लागि धन्यवाद दिँदै उनले नयाँ सवारीसाधन खरिद गर्ने तयारीमा रहेका ग्राहकलाई समेत योजनाको लाभ लिन आग्रह गरे।
सीमित अवधिका लागि मात्र सञ्चालन हुने भएकाले इच्छुक ग्राहकलाई समयमै शोरुममा सम्पर्क गरी उपलब्ध सवारीसाधनका नमुना, पुरानो सवारीसाधनको मूल्यांकन, ऋण तथा किस्तासम्बन्धी सुविधा र योजनाका सर्तबारे जानकारी लिन शोरुमले आग्रह गरेको छ।

दशैं–तिहारको अवसरमा पुरानो दुईपाङ्ग्रे सवारीसाधन साटेर नयाँ चारपाङ्ग्रे सवारीसाधनमा स्तरोन्नति गर्दै सुरक्षित, आरामदायी र आधुनिक यात्राको सुरुवात गर्ने अवसर योजनाले प्रदान गरेको शोरुमको भनाइ छ।

लक्ष्मण ढुङ्गाल, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस