सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा साईकल यात्रीबाट मोवाईल लुट्ने तीन जना पक्राउ

२०७६ मंसिर ३, ११:३९ खबर संवाददाता

धनगढीमा साईकल यात्रीबाट मोवाईल सहितका समाग्री लुट्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले सोमबार राती क्याम्पसचोकबाट घर फर्किने क्रममा धनगढी उपमहानगरपालिका ८ का अरुण चौधरीलाई रोकेर मोवाईल सहित अन्य समाग्री लुट्ने तीनजनालाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा धनगढी ८ कै २२ वर्षीय सन्दीप श्रीवास्तव, २७ वर्षीय प्रदीप योगी र २४ वर्षीय अनील चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

उनीहरुले चौधरीसंग रहेका दुईवटा मोवाईल, साईकल, दुई सयका रिचार्ज कार्ड तथा मोटरसाईकलको लाइसेन्स चोरी गरेको प्रहरी नायब उपरिक्षक बस्नेतले बताए।  

कमेन्ट लोड गर्नुस