सुदूर नेपाललाई विश्वसँग जोड्दै

नदीमा शव फेला

२०७६ मंसिर ४, ०७:५१

प्युठानमा सरुमारानी गाउँपालिका–४ झमकोटका ४९ वर्षीय भिम बहादुर राणाको शव भेटिएको छ। शव प्युठान नगरपालिका(४ स्थित झिमरुक नदीमा फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख नरेन्द्र कुमार कार्कीले जानकारी दिए।

मृतक राणाको शवलाई बिहीबार जिल्ला अस्पताल प्युठानमा पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइएको प्रहरी प्रमुख कार्कीले बताए। राणा शुक्रबारदेखि परिवारको सर्म्पकमा थिएनन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस