सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘असोज तीन कालो दिन’ भन्दै प्रदर्शन

। फोटो स्रोत ।
२०७६ असोज ३, ०५:२० खबर संवाददाता

काठमाण्डौँमा ‘असोज तीन कालो दिन’ भन्दै विभिन्न संघ संस्थाले प्रदर्शन गरेका छन्। संविधानको विरोधमा आदिवासी जनजाति, मधेसी, दलित, थारु समुदायका विभिन्न संघसंस्थाले आज काठमाडौँको बसन्तपुरदेखि इन्द्रचोक, असन लगायतका क्षेत्रमा प्रदर्शन गर्दै बसन्तपुरमा कोणसभा पनि गरेका छन्।

संविधानले आफूहरुको हक अधिकारको संरक्षण नगरेको र सरकारले आफूहरुको अधिकार ग्यारेन्टी हुने गरी संविधान संशोधन गर्न पनि अस्वीकार गरेको भन्दै उनीहरुले संविधानको विरोधमा प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीले संविधान अपुरो, जनविरोधी र प्रतिगामी रहेको भन्दै संशोधनको माग गरेका छन्। विरोर्ध यालीमा सहभागीहरुले कालो टिसर्ट लगाएका थिए भने कालो ब्यानर बोकेका थिए।

यस्तै संविधानका असहमतिका धारा जलाउने खोजेको भन्दै प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। संघीय लोकतान्त्रिक मञ्चका महासचिव यलम्बर खम्बु, कुलदेव अस्लामी र सीताराम थारुलाई बसन्तपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस