सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय सभाले पारित गरेको दुई विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतिले स्वीकृत

२०७६ असोज २, ०३:२५ खबर संवाददाता

राष्ट्रिय सभाले पारित गरेको २ विधेयक प्रतिनिधि सभाबाट स्वीकृत गरेको छ। सेफगार्ड, एन्टी डम्पिङ तथा काउण्टरभेलिङ विधेयक २०७५, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्त विधेयक २०७५ सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनलाई प्रतिनिधिसभाले स्वीकृत गरेको हो।

राष्ट्रिय सभाबाट संशोधनसहित प्राप्त यी दुई विधेयकलाई प्रतिनिधिसभाको बिहीबारको दोश्रो बैठकले सर्वसम्मति स्वीकृत गरेको हो। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक २०७५ का सम्बन्धमा नेपाली कांग्रेसका सांसद डाक्टर मिनेन्द्रप्रसाद रिजाल र प्रेम सुवालले आर्थिक अनुशासन कायम रहने गरि बलियो कार्यविधि बनाउनुपर्ने सुझाव दिए।  

प्रत्येक व्यक्तिको भागमा रहेको ऋण घटनाउने, व्यापार घाटा कम गर्ने, भ्रष्टाचार नियन्त्रणलगायत विषय सम्बोधन गर्ने गरी कार्यविधिमा व्यवस्था गर्नुपर्ने धारणा उनीहरुको छ। छलफलमा सांसदहरुबाट उठेका जिज्ञासाको सम्बोधन गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सबै समस्याको एउटै हल आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन मात्रै नभएको भन्दै आर्थिक अनुशासन पालना गराउनका लागि अन्य कानुनहरुको पनि उत्तिकै प्रभावकारी कार्यान्वयन गर्न सके आर्थिक विसंगतिको समाधान गर्न सकिने बताए।
 

कमेन्ट लोड गर्नुस