सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको पुर्चौडीमा ट्याक्टर दुर्घटना, चालकको घटनास्थलमै मृत्यु

२०८३ असार ३२, ०६:२३ Dineshkhabar Desk

धनगढी: बैतडीको पुर्चौडी नगरपालिकामा भएको ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ।

पुर्चौडी नगरपालिका-१ राताशिलामा बिहीबार भएको दुर्घटनामा ४४ वर्षीय ट्याक्टर चालक देवसिंह भण्डारीको मृत्यु भएको हो।

बिहीबार दिउँसो करिब साढे ३ बजे पुरघाट ढोल्यामोडतर्फ जाँदै गरेको सु.प्र.प्र.०२-००१ त १६०० नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब २०/२५ मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा पुर्चौडी नगरपालिका-१ बुदडा घर भई हाल महेन्द्रनगर बस्दै आएका चालक भण्डारीको घटनास्थलमै मृत्यु भएको हो।

ट्याक्टरमा चालकबाहेक अन्य कोही सवार नरहेको बताइएको छ। घटनास्थलमा पुरघाट प्रहरी चौकी बैतडीबाट प्रहरी टोली खटिएको छ।

Dineshkhabar Desk

कमेन्ट लोड गर्नुस