सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेकपाले सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई राजीनामा दिन आग्रह गर्ने तयारी

२०८३ असार ३२, ०६:२२ Dineshkhabar Desk

धनगढी: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहलाई राजीनामा दिन आग्रह गर्ने तयारी गरेको छ।

नेकपा संसदीय दलको कार्यालयमा हाल संसदीय दलको बैठक जारी छ। बैठकमा मुख्यमन्त्री शाहलाई राजीनामा दिन आग्रह गर्ने विषयमा छलफल भइरहेको एक सांसदले जानकारी दिएका छन्। यद्यपि, यसबारे औपचारिक निर्णय हुन बाँकी रहेको छ।

सरकार अल्पमतमा परिसकेको अवस्थामा मुख्यमन्त्रीलाई राजीनामा दिन आग्रह गर्ने र त्यसपछि अन्य राजनीतिक निर्णय अघि बढाउने विषयमा नेकपाले छलफल गरिरहेको बताइएको छ।

केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेबीचको गठबन्धन टुटेसँगै प्रदेशमा पनि नेकपाले आफ्नो दलसँग छलफल अघि बढाएको हो। सुदूरपश्चिममा नेकपा नेताहरूले आफ्नो अडान स्पष्ट पार्दै आएका छन्।

सुदूरपश्चिम प्रदेशसभामा नेकपाका २२ सांसद छन् (निलम्बित सदस्य र सभामुखसहित)। नेकपाका सांसदहरूले आफूहरूलाई सर्वोच्च अदालतले कारबाही नगरेसम्म सामना गर्नुपर्ने अवस्था नरहेको बताउँदै आएका छन्। एमालेका १८ सांसद छन्। तीमध्ये प्रकाश बहादुर देउवा अमेरिका रहेका छन्।

एमालेका चार मन्त्रीलाई बर्खास्त गरेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। त्यसपछि मुख्यमन्त्री शाह अल्पमतमा परेका छन्।

यसैबीच, अहिले बसेको नेकपा संसदीय दलको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

Dineshkhabar Desk

कमेन्ट लोड गर्नुस