सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामकी दृष्टिविहिन झुप्री भण्डारीले तताएको ‘भ्वाइस अफ नेपाल’ को स्टेज

२०७६ भदौ ८, ०७:२६ नवराज पनेरु

गाउँकै गंगा माविमा अध्ययन गरिरहँदा गजलकार कमल संघर्ष (कमल प्रशाद भण्डारी) ले सधै एउटा ओझेलमा परेको आवाज सुन्थे झुप्री भण्डारीको, एउटै गाउँ फुपु नाता लाग्ने, तर भण्डारीको आफन्तप्रतिको निराशाले भने संघर्षलाई सानैदेखि घोचिरहेको थियो। भगवानले नै भण्डारीलाई संसार देख्ने अवसर दिएन जन्मजात नै दृष्टिविहिन बनाएर।

भण्डारीले गाउँघरमा एक्लै हुँदा र कहिलेकाँही एफएम रेडियोमा गीत गाउँदा जन्मदिने आमावुवालाई नै प्रश्न गर्थिन, मलाई किन दृष्टिविहन बनायौँ ? जन्मिने वित्तिकै किन भगवानको प्यारो बनाएनौ ? लगायतका। ३० बर्षदेखि समाजले झुप्रीलाई हेपेरै राख्यो। घर फर्किदा कमल जहिले पनि झुप्रीका लागि केही नयाँ गर्न सकिन्छ कि भन्ने सोचमा हुन्थे।

‘दि भ्वाइस अफ नेपाल’ को दोश्रो संस्करणमा झुप्रीलाई सहभागी गराउनपर्छ भन्ने मनसाय पनि कमलले नै बनाए। उनकै सहयोगमा ‘दि भ्वाइस अफ नेपाल’ मा डिजिटल अडिशन दिएर झुप्री छनौट हुँदै ब्लाइन्ड अडिसनमा प्रवेश गरेदेखि नै झुप्रीप्रति समाजले हेरिरहेको नजरमा केही  परिवर्तन भईसकेको थियो, उनको फरक परिचय बनिसकेको थियो। 

ब्लाईण्ड अडिसनमा सहभागी हुन काठमाडौँ जाँदा उनले पहिलो पटक गाडी चढ्ने मौका पाएईन्। काठमाडौँ पुगिसक्दा समेत उनले कमल संघर्षले पनि आफ्नै निहित स्वार्थका लागि त ल्याएका होईनन भन्ने आशंका पटक–पटक गरिरहिन्, कतै भ्वाईस नेपालमा गाएर कमललाई त फाईदा हुँदैन भन्ने संका पनि उनको मनमा थियो।

तर जव उनले गीत गाउने मौका पाईन्, उनका लागि कमल संघर्ष नै सवथोक भए। भ्वाईसमा गीत गाउँदा न उनलाई भ्वाईस अफ नेपालका आधारभुत सिद्धान्तको बारेमा थाह थियो न उनले कहिले स्टेजमा गएर त्यसै गरि गीत गाएकी थिईन्, बिडम्वना गीत गाईरहेको स्टेज कस्तो छ भन्ने हेर्न सक्ने अवस्था थिएन्। 

‘दि भ्वाइस अफ नेपाल’ को ब्लाईण्ड अडिसनमा झुप्रीले आँफैले लेखेको गीत ‘सम्झी रुनारुना’ गाउँदा धेरैका आखा रसाए, भ्वाईसका कोचहरुले पनि आँसु रोक्न सकेनन्। चारै जना कोचलाई उनले प्रभावित गर्न सफल भईन्। उनको आवाजले प्रभावित भएका चारै जना कोचको कुर्ची घुमेसंगै झुप्री भ्वाइसको आगामी यात्राका लागि प्रतिस्पर्धी बनेकी छिन्। 

भ्वाईसमा छनौट भएपछि कमल संघर्षले फेसवुकमा लेखेका छन्– ‘काठमाडाँै पुग्न पहिलो पटक बस चढेकी तिमी (झुप्री) यतिबेला धेरैको मनमा चढेकी छौ, मर्नलाइ कैयौं प्रयास गरेकी तिमीले बाँचेर ७३ बर्षका बुढा बालाई खुसिले रुवायौं, झुप्री धैर्य गर्नुपर्छ एक पटक सबैको दिन आउँछ। हेर त बाको आँखा ! बुढेसकालमा खुसिको आँसु झ¥यो।’

 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस