सुदूर नेपाललाई विश्वसँग जोड्दै

युट्यूबमा भिडियो हेरेर एक महिलाले फेला पारिन् ३ दशमलव ७२ क्यारेटको हिरा

२०७६ भदौ ५, ०२:५५ खबर संवाददाता

अमेरिकामा एक महिलाले युट्यूबमा भिडियो देखेर ३ दशमलव ७२ क्यारेटको हिरा फेला पारेकी छिन्। मिरान्डा होलिंगशेड नाम भएकी २७ वर्षीया ती महिहलाले युटुबमा भिडियो देखेर हिरा फेला स्टेट पार्कका अधिकारीहरुले बताएका छन्। अधिकारीहरुका अनुसार ती महिला परिवारहरुसँग अर्कन्सास इलाकाका पार्कमा घुम्न गएकी थिइन्। घुम्दै गर्दा ती महिला यस्तो स्थानमा पुगिन, जहाँ वर्षाैँ पहिले हिरा पाइने गर्दथ्यो।  

मिरान्डा एउटा रुखको फेदमा बसिन् र हिरा कसरी पाइन्छ भनेर सोच्न थालिन्। त्यसपछि उनले युट्यूबमा केही भिडियो देखिन् र एउटा लट्ठीको सहाराले खन्न थालिन् । झण्डै १० मिनेटपछि पहेँलो रंगको चमकदार टुक्रा फेला पर्यो।  त्यसपछि होलिंगशेडले त्यो हिराको टुक्रा डायमण्ड डिस्कभरी सेन्टरमा लिएर गइन् र पार्कका कर्मचारीहरुले त्यो हिरा भएको बताए। कर्मचारीहरुले हालै भएको वर्षाका कारण हिरा जमिनको सतहमा आएको बताए। 

उनले फेला पारेको हिराको अनुमानित मूल्य झण्डै ११ लाख ४५ रुपैयाँ बराबर रहेको अधिकारीहरुले बताएका छन्।  अर्कान्सस् पार्कमा मानिसहरुले हिरा फेला पारेको छुट्टै इतिहासहरु छन्। गएको वर्ष एक जना ३६ वर्षीय पुरुषले २ दशमलव १२ क्यारेटको हिरा र अर्का एक जना व्यक्तिले १ दशमलव ५२ क्यारेटको हिरा फेला पारेका थिए। 
 

कमेन्ट लोड गर्नुस