सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय योजना आयोगका कर्मचारी कार्यालयमै मृत फेला

२०७६ भदौ ३, १२:३३ खबर संवाददाता

राष्ट्रिय योजना आयोगका एक जना कर्मचारी मृत फेला परेका छन्। मगंलबार राष्ट्रिय योजना आयोगका कर्मचारी सुब्बा बच्चु केसी कार्यालयमा लडिरहेको अवस्थामा भेटिएका हुन्।  आयोगमा कार्यरत नायव सुब्बा बच्चु केसी सिंहदरबारस्थित कार्यालयमा लडिरहेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। उनले विष सेवन गरेर आत्महत्या गरेको आशंका गरिएको छ।
एक कर्मचारीले आत्महत्या गरेको खबर आएपछि प्रहरी टोली गएर अनुसन्धान थालेको महानरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले बताए।

कमेन्ट लोड गर्नुस