सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुला घर भएका प्रहरी जवानको प्रेमिकाको कोठामा शंकास्पद मृत्यु, प्रेमिका नियन्त्रणमा

२०७६ भदौ १, ०१:०५ खबर संवाददाता

महानगरीय प्रहरी वृत्त, स्वयम्भूमा कार्यरत प्रहरी जवान शंकर ठगुन्ना मृत अवस्थामा भेटिएका छन्। नागार्जुन नगरपालिका–३, ठूलो याङमा ३० वर्षीया महिलासँग लिभिङ टुगेदरमा बस्दै आएका उनी मृत भेटिएका हुन्। उनी तिनै महिलाको कोठामा मृत अवस्थामा फेला परेको स्वयम्भूका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए। 

महिलालाई सोधपुछका लागि नियन्त्रणमा लिएको उनले जानकारी दिए। मध्यराति साढे १ बजे तिनै महिलाले ठगुन्ना झुण्डिएको अवस्थामा भेटिएको भन्दै प्रहरीलाई खबर गरेकी थिइन्। अनुसन्धान अधिकृत घटनास्थलमा पुग्दा भने ठगुन्नाको शव भुइँमा लडिरहेको थियो।

महिलाको बयान अनुसार सामान्य विषयमा विवाद हुँदा उनले मर्छु भन्दै पासो बेरेका थिए। झ्यालमा झुण्डिएका ठगुन्नाको सलको पासो खोलेको उनले बयान दिएकी छन्। प्रहरीका अनुसार, उनीहरु डेढ वर्षदेखि सँगै बसेका थिए।
जवान ठगुन्ना २० वर्षका हुन् भने महिला ३० वर्षीया विवाहित हुन्। उनको श्रीमानको मृत्यु भइसकेको छ।
 

कमेन्ट लोड गर्नुस