नेकपाबाट नेता हरिबोल गजुरेलसहित ७ जना निष्कासित
काठमाडौँः नेपाली कम्युनिस्ट पार्टीले नेता हरिबोल गजुरेलसहित ७ जनालाई पार्टीबाट निष्कासन गरेको छ।
पार्टीको आधिकारिक निर्देशन विपरीत उम्मेदवारी, प्रस्ताव तथा चुनावी प्रचार–प्रसारमा सक्रिय भएको आरोपमा नेकपाले उनीहरूलाई कारबाही गरेको जनाएको छ।
सिन्धुली–२ मा महेश्वर दाहाल बागी उम्मेदवार बनेपछि उनलाई समर्थन गरेको आरोप नेता गजुरेलमाथि लागेको छ। सो क्षेत्रमा नेकपाले राजन दाहाललाई आधिकारिक उम्मेदवार बनाएको थियो।
पार्टी कारबाहीमा पर्ने अन्य नेताहरूमा दाङका कुलप्रसाद केसी, उदयपुरका मेजर राई, सिराहाका धर्मनाथ साह, राजकुमारी साह र जिवछ साह रहेका छन्। धर्मनाथ साह नेकपा परित्याग गरी सिराहा–४ बाट एमालेका तर्फबाट उम्मेदवार बनेका छन्।
त्यसैगरी लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहेका कुलप्रसाद केसीले दाङ–१ बाट बागी उम्मेदवारी दिएका थिए। पार्टीले मेटमणि चौधरीलाई टिकट दिएपछि उनले पार्टी निर्णयविरुद्ध उम्मेदवारी दिएको नेकपाको भनाइ छ।