धनगढीमा जुवा खेलिरहेका ७ जना पक्राउ, ५१ हजार बढी बरामद
धनगढी: कैलालीको धनगढीमा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–४ शिवपुरी धामस्थित गणेश खड्काको घरमा जुवा खेलिरहेको अवस्थामा खड्कासहित ७ जनालाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो उनीहरूलाई पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट ५१ हजार ८ सय ७५ रुपैयाँ नगद र दुई गड्डी तास बरामद गरिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।