कांग्रेसको १५औँ महाधिवेशन: मतदाता लाइनमा, ७ः३० बजेदेखि मतदान सुरु गर्ने
काठमाडौँ: नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने भनिएको मतदान आधा घण्टा सरेको छ।
बिहान ७ बजेदेखि मतदान सुरु गर्ने भनिए पनि अन्तिम तयारी पूरा गर्न समय लागेकोले ७ः३० बाट सुरु गरिने भएको कांग्रेसको नीति प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेश आचार्यले जानकारी दिए।मतदाता भने बिहानैदेखि मतदाता लाइनमा लागेका छन्।
टाढा जान पर्नेहरू मतदान गरेर दसैँ भित्र्याउन घर पुग्ने सोचमा छन्। निर्वाचन समितिले मतदानस्थलमा प्रवेश गरेपछि प्रतिनिधिहरूलाई आफूलाई तोकिएको प्रदेश तथा समूहको मतदान केन्द्रमा गई मतदान गर्न आग्रह गरेको छ। मतदान गर्नुअघि प्रत्येक प्रतिनिधिको परिचयपत्र तथा मतदाता नामावली रुजु गरिनेछ। रुजु प्रक्रिया पूरा भएपछि मात्रै प्रतिनिधिलाई मतदान गर्ने व्यवस्था गरिएको छ।