राष्ट्रिय सभा निर्वाचन: भोलि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने
काठमाडौँः राष्ट्रिय सभा सदस्यको निर्वाचन भोलि हुने भएको छ। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराई आइतबार बिहान ९ बजेदेखि मतदान सुरु हुने जानकारी दिए।
राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल आगामी फागुन २० मा सकिँदैछ। जसमध्ये कोशी प्रदेशबाट नेपाली काँग्रेसका उम्मेदवार सुनिलबहादुर थापा राष्ट्रियसभा सदस्य निर्विरोध निर्वाचित भएको घोषणा गरिएको छ। नेकपाका उम्मेदवार हेमराज घिमिरे उम्मेदवारी दर्ता गर्न समयमै नआएपछि थापा निर्विरोध भएका थिए। यता एक जना राष्ट्रपतिबाट मनोनित हुनेछन्। बाँकी १७ सदस्यका लागि पर्सि निर्वाचन हुँदैछ।
आयोगका अनुसार सात वटै प्रदेशमा मतदान केन्द्रमा आइतबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ।