दोधाराचाँदनी झोलुङ्गे पुलसंगै चुँडिएको टेलिकमको तार तान्ने क्रममा सशस्त्रका असई बेपत्ता
धनगढी: महाकाली नदीमा रहेको दोधाराचाँदनी झोलुङ्गे पुलसँगै चुँडिएको टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता भएका छन्।
असई सागरराज थारु महाकाली नदीमा बेपत्ता भएका हुन्। देवीस्थान गुल्ममा कार्यरत थारु शनिबार दिउँसो दोधाराचाँदनी–४ बाट भीमदत्त–१३ तर्फ रबर बोटको सहायताले तार तान्ने क्रममा नदीमा खसेका हुन्।
तार खुट्टामा अल्झिएपछि उनी नदीमा खसेर बेपत्ता भएको सशस्त्र प्रहरीले जनाएको छ।