कैलालीमा स्कुटरको ठक्करबाट पैदल यात्री घाइते
२०८३ मंसिर ७, ०८:५२
धनगढीः कैलालीमा स्कुटरको ठक्करबाट एक जना पैदल यात्री घाइते भएका छन्।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत गौरीगंगा नगरपालिका–३ मा आज (सोमबार) बिहान करिब ६ बजे से ७ प ७७६७ नम्बरको स्कुटरले ठक्कर दिँदा ४४ वर्षीय दीपक बोहरा घाइते भएका हुन्। प्रहरीका अनुसार घाइते बोहरालाई उपचारका लागि धनगढी ल्याइएको छ। दुर्घटनामा संलग्न स्कुटर र चालक गौरीगंगा नगरपालिका–३ की २० वर्षीया गीता नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
कमेन्ट लोड गर्नुस