सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमालेले सुदूरपश्चिम प्रदेशको चुनावी कमान्डर ठगुन्नालाई तोक्यो

२०८२ पुष २२, ०३:४८ खबर संवाददाता

धनगढी: नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै विभिन्न प्रदेश र विभागीय संयोजकहरूको जिम्मेवारी तोकेको छ। पार्टी केन्द्रीय सचिवालयको बैठकले नेताहरूलाई प्रदेश र केन्द्रीय तहमा संयोजक नियुक्त गर्ने निर्णय गरेको हो।

बैठकको निर्णयअनुसार सुदूरपश्चिम प्रदेशको संयोजकको जिम्मेवारी नेता गणेश सिंह ठगुन्ना लाई दिइएको छ। उनी संगठन सुदृढीकरण, निर्वाचन रणनीति निर्माण र पार्टी गतिविधिलाई प्रभावकारी बनाउने जिम्मेवारी सम्हाल्ने छन्।

अन्य प्रदेश संयोजकहरूमा कोशी प्रदेशको संयोजक शेरधन राई, मधेश प्रदेशमा लीलानाथ श्रेष्ठ, बागमती प्रदेशमा महेश बस्नेत, काठमाडौँ उपत्यका ९राजधानी० संयोजकमा डा। राजन भट्टराई, गण्डकी प्रदेशमा खगराज अधिकारी र कर्णाली प्रदेशमा यामलाल कँडेल रहेका छन्।

पार्टीको संगठन विभाग संयोजकको जिम्मेवारी भानुभक्त ढकाललाई दिइएको छ। संगठन विभागले पार्टी विस्तार, सदस्यता व्यवस्थापन र आन्तरिक संगठनात्मक मजबुतीको जिम्मेवारी सम्हाल्नेछ।

स्रोतका अनुसार लुम्बिनी प्रदेशको संयोजक अझै टुंगो लाग्न बाँकी छ र चाँडै निर्णय गरिने बताइएको छ। नेकपा एमालेले तोकेका यी संयोजकहरूले आगामी निर्वाचन केन्द्रित रणनीति, संगठन सुदृढीकरण र जनसम्पर्क विस्तारमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

कमेन्ट लोड गर्नुस