सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ

२०८२ फाल्गुन १६, ०८:४६ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको बेलौरी नगरपालिका–१० थापाचोक क्षेत्रबाट प्रहरीले अवैध लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरी गस्ती टोलीले शंकास्पद अवस्थामा जाँच गर्दा म २ प ५३१५ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको थियो। मोटरसाइकल चालक कञ्चनपुरको बेदकोट नगरपालिका–९ बस्ने २५ वर्षीय खगेन्द्र दयाल रहेका थिए भने मोटरसाइकल पछाडि सवार आलिताल गाउँपालिका–८ बस्ने २१ वर्षीय भरत बहादुर कुँवरको साथबाट ६ ग्राम २९० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने अवैध पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

बरामद गरिएको पदार्थ र मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
 

कमेन्ट लोड गर्नुस