कञ्चनपुरमा भन्सार छलि गरिएका सामान बरामद
कञ्चनपुरः कञ्चनपुरको बेलौरी नगरपालिका–६ भुराकोट क्षेत्रबाट अवैध रूपमा भारतबाट भन्सार छलि गरी ल्याइएका ट्र्याक्टरका टायर प्रहरीले बरामद गरेको छ।
शुक्रबार इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा राखिएको अन्दाजी मूल्य रु. ३५,००० बराबरका ट्र्याक्टरका टायर फेला पारी नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार उक्त टायरहरू भारतबाट अवैध रूपमा भन्सार छलि गरी नेपाल भित्र्याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। बरामद गरिएको सामग्री आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाइने जनाइएको छ।
यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।