सुदूर नेपाललाई विश्वसँग जोड्दै

बागमती प्रदेशका सभामुख पाठकद्धारा राजीनामा

२०८२ असोज १, ०२:०३ खबर संवाददाता

काठमाण्डौँः बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले पदबाट राजीनामा दिएका छन्। उनले आफ्नो राजीनामा उपसभामुखलाई बुझाएका हुन्। 

सभामुख पाठकले गएको भदौ २३ गते भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा ’जेन–जी’ ले गरेको प्रदर्शनमा अस्वाभाविक बल प्रयोग भई युवाहरूले ज्यान गुमाउनुपरेको घटनापछि आफू भावविह्वल बनेको उल्लेख गरेका छन्। उनले राष्ट्र रोइरहेको बेला नेपाली नागरिकको चाहना र युवा पुस्ताको भावना विपरीत पदमा बसिरहनु अनुचित हुन्छ भन्ने अनुभूति भएको उल्लेख गरेका छन्।

पाठकले भदौ २४ गते नै राजीनामा दिने घोषणा गरेका थिए। पाठक राप्रपाको समानुपातिक कोटाबाट प्रदेश सांसद बनेका हुन्। 

कमेन्ट लोड गर्नुस