सरकारको राष्ट्रिय शोक मनाउने निर्णय, राष्ट्रिय झण्डा आधा झुकाइने
काठमाडौः सरकारले जेन्जी आन्दोलनमा शहीद भएकाहरूको राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । उनीहरूको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइने छ ।
यसैगरी, आन्दोलनमा घाइते भएकाहरूका परिवारलाई एक लाख रूपैयाँका दरले राहत दिने निर्णय पनि गृह मन्त्रालयले गरेको छ।
शवहरू व्यवस्थापनका लागि सरकारले नि:शुल्क सवारीसाधन उपलब्ध गराउने र विकट ठाउँमा हेलिकप्टरबाट पुर्याशउने निर्णय पनि गरेको छ ।