सुदूर नेपाललाई विश्वसँग जोड्दै

जेनजी आन्दोलनः तीन प्रहरीको मृत्यु

२०८२ भदौ २६, ०७:३० रासस

काठमाडौँः जेनजी पुस्ताका नाममा भएको हिंसात्मक प्रदर्शनमा घाइते भएका तीन जना प्रहरीको मृत्यु भएको छ। 

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले बुधवार उनीहरूको मृत्यु पुष्टि भएको जानकारी दिए। उनले महाराजगञ्ज प्रहरी वृत्तमा कार्यरत प्रहरी सहायक निरीक्षक मिलन राई र प्रहरी जवान उत्तम थापा तथा कोटेश्वरका प्रहरी जवान अमृत गुरुङको उपचारका क्रममा बुधवार मृत्यु भएको जानकारी दिए। 

यो सँगै उक्त आन्दोलनमा मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ। यसअघि यही भदौ २३ गते भएको जेनजी पुस्ताको आन्दोलनमा १९ जनाको मृत्यु भएको थियो। अन्य ४०० बढी घाइते भएका थिए। 

कमेन्ट लोड गर्नुस