सुदूर नेपाललाई विश्वसँग जोड्दै

गरिमा चौधरी हत्या प्रकरणमा न्याय माग्दै काठमाडौंमा प्रदर्शन

२०८३ भदौ ६, ०२:२८ खबर संवाददाता

काठमाडौँ: बारामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका लागि न्यायको माग गर्दै शनिबार काठमाडौंमा प्रदर्शन गरिएको छ।

‘इन्डिपेन्डेन्ट मदर्स अफ नेपाल’को आयोजनामा भएको प्रदर्शनमा सहभागीहरूले दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्। प्रदर्शनकारीहरू शान्तिबाटिकामा भेला भएर जमल हुँदै नारायणहिटी दरबारअगाडिको सडकसम्म र्‍यालीमा सहभागी भएका थिए।

र्‍यालीका क्रममा प्रदर्शनकारीहरू मुख्य सडकमा प्रवेश गर्न खोजेपछि प्रहरी र उनीहरूबीच केहीबेर धकेलाधकेलसमेत भएको थियो। प्रदर्शनमा सहभागीहरूले कानुनमन्त्री सोबिता गौतमविरुद्ध समेत नाराबाजी गरेका थिए।

जितपुर सिमरा–१ की मनमती चौधरीकी तीन वर्षीया छोरी गरिमाको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरिएको हो।
 

कमेन्ट लोड गर्नुस